दफा ७४
धरौट, जमानत वा बैङ्क जमानत लिँदा कागज गराउनु पर्ने
(१) यस परिच्छेद बमोजिम कुनै ब्यक्तिबाट धरौट लिँदा अदालतबाट तोकिएको समय र स्थानमा त्यस्तो ब्यक्ति उपस्थित नभएमा धरौट जफत हुने शर्त उल्लेख गरी अनुसूची–२९ बमोजिमको ढाँचामा कागज गराउनु पर्नेछ ।
(२) यस संहिता बमोजिम जमानत वा बैङ्क जमानत लिँदा जमानतको रकमको अङ्क तोकी त्यस्तो बमोजिमको सम्पत्ति जमानत लिनु पर्नेछ ।
(३) जमानत दिनु पर्ने ब्यक्तिले आफ्नाे सम्पत्ति जमानत दिएको भए अदालतबाट तोकिएको समय र स्थानमा आफू उपस्थित नभएमा जमानतको रकम जमानत रहेको त्यस्तो सम्पत्ति वा निजको अरु कुनै सम्पत्तिबाट असूल गर्ने शर्त उल्लेख गरी निजबाट अनुसूची–३० बमोजिमको ढाँचामा कागज गराउनु पर्नेछ ।
स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “जमानत” भन्नाले बैङ्क जमानतलाई समेत सम्झनु पर्छ ।
(४) यस परिच्छेद बमोजिम जमानत दिनु पर्ने ब्यक्तिको लागि अरु कसैले आप्mनो सम्पत्ति जमानत दिएको भए अदालतबाट तोकिएको समय र स्थानमा निजलाई उपस्थित नगराएमा जमानतको रकम त्यस्तो जमानत रहेको सम्पत्ति वा आफ्नाे अरु कुनै सम्पत्तिबाट असूल गर्न निजको मञ्जुरी रहेको व्यहोरा सहितको शर्त गराई त्यस्तो ब्यक्तिसँग अनुसूची–३१ बमोजिमको ढाँचामा कागज गराउनु पर्नेछ ।
(५) यस दफा बमोजिम जमानत दिइएको सम्पत्तिको मूल्य पछि कुनै कारणवश घट्न गएमा त्यस्तो जमानत दिने ब्यक्तिले त्यस्तो घटेको मूल्य बराबरको सम्पत्ति अदालत समक्ष पेश गर्नु पर्नेछ ।